
बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार मतान्तरले हराउँदै यादव विजयी भएका हुन्।
अन्तिम मतपरिणामअनुसार विजयी यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरेका छन् भने पराजित जनमत पार्टीका उम्मेदवार कुशवाहालाई २३ हजार ३ सय ३४ मत प्राप्त भएको छ।
एमालेका उम्मेदवार पौडेलले १० हजार २ सय १६ मत पाउँदा रास्वपाका रमेश खरेल खरेललाई २ हजार ८ सय २९ मत मात्र प्राप्त भएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० ०७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय