1682479898.jpeg)
काठमाडौं । उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर २मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । सो क्षेत्रमा खरेलसँगै ३१ जनाको जमानत जफत भएको हो ।
बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र जमानत जोगाएका छन् । बारा–२मा कुल ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४.१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो।
तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले र चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी हुँदा बारा २ मा खरेलको जमानत समेत जोगिएन । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० ०९:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय