
काठमाडौं । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने भएका छन् ।
उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान साढे ११ बजे संसद भवन नयाँ वानेश्वरमा राखिएको छ ।
उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउने छन् । बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहण नहुने भएको छ ।
वैशाख १० गतेको उपनिर्वानमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने ५४ हजार १ सय ७६ मतसहित विजयी भएका थिए ।
यस्तै, तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १९ मतसहित निर्वाचित भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० ०९:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय