
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ मा भएको संसदीय चुनावमा चितवन २ बाट भारी मतका साथ निर्वाचित भए ।
गठन भएको निकै कम समयमा उनको पार्टी नयाँ शक्तिका साथ राजनीतिमा उदायो, जनमतका साथ । तर रविकै कमजोरीका कारण उनको पद गयो । र, वैशाख १० गते उपचुनाव भयो । उपचुनावमा प्रचारका दौरान उनले बारा २, तनहुँ १ र चितवन २ सबै जित्ने दावीसहित 'एकको ठाउँमा तीन' अर्थात उपचुनाव 'क्लिन स्वीप'को नारा दिए । आफू एक्लै निस्के पनि तीन जना लिएर संसद छिर्ने भाषण गर्दै हिंडे । उनले भने जस्तो 'एकको ठाउँमा तीन' त भएन तर 'एकको ठाउँ'मा दुई लिएर उनले संसदमा पूनरागमन गरेका छन् । आम निर्वाचनमा जस्तै उपनिर्वाचनमा पनि उनको दलले चामत्कारिक प्रदर्शन गरेको छ । रवि स्वर्णिमलाई लिएर संसद छिरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १३:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय