शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

 मुलुककाे आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

 मुलुककाे आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

जीडीपी झण्डै ५४ खर्ब  

साझा पोष्ट
मंगलबार, वैशाख १९ २०८०
  • images
     मुलुककाे आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने भएको छ । 
    सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको भएपनि मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।


    images
    images

    उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९–८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ ।  देशको अर्थतन्त्रको आकार भनेर चिनिने जीडीपी यसअघि ४८ खर्ब हाराहारी थियो ।

    यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम हो । एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२–२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर रहने प्रक्षेपण गरेका थिए । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार