शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

पत्रपत्रिकामा खानेकुरा पोको पार्न नपाइने

पत्रपत्रिकामा खानेकुरा पोको पार्न नपाइने

काठमाडौं। सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु  पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको  जानकारी  दिएकी हुन् । 

साझा पोष्ट
मंगलबार, वैशाख १९ २०८०
  • images
    पत्रपत्रिकामा खानेकुरा पोको पार्न नपाइने
    images

    काठमाडौं। सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।


    images
    images

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु  पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको  जानकारी  दिएकी हुन् । 

    मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छता सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गइरहेको र त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पारिन् ।

    Dr.-Manita_Joshi 11683021078.jpg

    महानिर्देशक वैद्यका अनुसार स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्न सरकारले स्थानीय तहहरुसँग मिलेर जनचेतनामूलक कार्यक्रमलाई पनि अघि बढाएको छ । 

    ‘अहिले हामीले तुरुन्तै गर्न सक्ने एउटा कुरा चाँही टडकारो रुपमा देखिएको र खड्केको कुरा चाँही जुन न्युज पेपरहरुमा चटपटे, पानीपुरी लगायतको प्याक गरेर खाने जुन चलन छ । त्यसलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ ।' उनले भनिन्, ' मालपुवा, सेलरोटीहरु पनि त्यही प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ । र, हामी त्यसरी समोसाहरु पनि खाइराखेका हुन्छौं । फुड प्वाइजन हुने भएकाले हामीले त्यसलाई नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ।’

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार