
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा समेत रहेको दाबी समेत गरेका छन। मंगलवार नेकपा एमाले काठमाडौं महानगर कमिटीले गरेको कार्यक्रममा उनले पैसा नहुँदा देशमा आयातमा कमी आएको तर्फ पनि सचेत गराए ।
‘पूर्ण रुपमा अर्थतन्त्र ओरालो लाग्यो । असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन् । अब यदी १८ महिना भित्र डेढ वर्षको स्थितिमा, अव यस्तो अवस्थामा अर्थतन्त्र पुगेपछि, अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, आरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुस्लिक हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ ।’ ओलीले भने , भन्सार, कर, राजस्व वृद्धि हुनुपर्ने ठाउँमा कम भईराखेको छ । राजस्व कम यो लामो समयपछि भइरहेको छ । तिब्र्र गतिका साथ अर्थतन्त्र माइनसमा गईरहेको छ । त्यसकारण अर्थतन्त्र संकटमा छ । देश संकटमा छ । यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ । देश टाट पल्टिँदैछ । ’
ओलीले अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने समपूरक बजेट ५० प्रतिशत कटौति गरेको पनि बताउनु भयो ।