
काठमाडौं । यूएईलाई हराउँदै नेपाल एशियाकपमा छनौट भएपछि खेलाडिहरुले होटलको बेडमा ट्रफीसहित सुतेर खुशी सेलिब्रेशन गरेका छन् । उनीहरुले ट्रफीसहित सुतेको तस्बिर सामाजिक सञ्जालमा राखेर आफ्नो खुसी समर्थकहरुसँग बाँडेका छन् ।
गत वर्ष कतारमा भएको विश्वकपपछि अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले यस्तै किसिमको सेलिब्रेसन गरेका थिए।उनले विश्वकप फुटबलको उपाधि जितेपछि प्राप्त सुनौलो रंगको ट्रफीलाई बेडमा सँगै राखेर सुतेको तस्बिर विश्वभर भाइरल भएको थियो। ठ्याक्कै त्यही शैलीमा नेपाली क्रिकेटरले खुशी मनाएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८० १०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय