शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

प्रधानमन्त्री ज्यू, मेरो सपनाको नेपाल कहिले ? 

प्रधानमन्त्री ज्यू, मेरो सपनाको नेपाल कहिले ? 

साझा पोष्ट
शनिबार, वैशाख २३ २०८०
  • images
    प्रधानमन्त्री ज्यू, मेरो सपनाको नेपाल कहिले ? 
    images

    पल्लाघरको अंकल विहानको हल्का व्यायाम पछि ब्रेक फास्ट गर्दै काममा जाने तयारी गर्दै हुनुहन्छ । हुन पनि सरकारी जागिर पो हो त, १० मिनेट ढिलो भयो भने पनि तलव मात्र काटिने हो र, भोलि बढुवाका लागि मूल्याङ्कनमा पछि पर्ने निश्चित प्रायः हुन्छ । पहिले जस्तो भनसुनले केही हुँदैन, राजनीति गर्ने ठाउँ नै नभएर होला, हिजोआज नेपालमा यी कर्मचारी संङ्गठनको अस्तित्व नै कहाँ पुग्यो भन्या ?
    अहिले सरकारी कार्यालयहरु प्राय जसो दाङ मै भएर होला विहान र साँझको ट्रेनमा निलो कोटे रास्ट्रसेवक कै वर्चश्व छ, ३० मिनेटको काठमाडौं– दाङको भाडापनि ३० रुपैयाँ नै छ । आउँदा–जाँदा ६० रुपैयाँ त लाग्छ, अंकल फेरी भन्नु हुन्छ– पहिले आफ्नै गाडीमा काठमाडौंको अफिस जाँदा तीन चार सयको तेल खर्च हुन्थ्यो । अनि फेरि उस्तै जाम १० बजे नै अफिस त कहिलै पुग्या हैन, अहिले झापा देखि कन्चन्पुरको मेरो साथीहरु १० बजे नै अफिस आइपुग्छन् । 


    images
    images

    फुपुको घरमा भोलि शनिवारको दिन घुम्न जाने  तयारी हुँदै छ । भारत, पोर्चुगल, चिलीबाट उच्च शिक्षाका लागि नेपाल आएका दाईको क्लासमेटहरु नि आज फुपुकै घरमा बसेका छन् । हिजोआज काठमाडौंका घरहरुमा तल्लो फ्ल्याटमा अनिवार्य पार्किङ्ग बनाउने नियम भएर होला, ४–५ ओटा गाडी भोलि त्रिशुली रिसोर्ट जान तयारी अवस्थामा पार्किङ्गमा देखिन्छन । 
    मेरो दाईलाई यता आफ्नो कामको चटारो छ । उ कार्यरत नेपाल कै एक पुरानो अस्पतालमा भोलि श्रीलंकाका रास्ट्रपतिको जटिल रोगको अपरेसन हुँदैछ । माल्दिभ्सका एक मन्त्रीको उपचार भएर हिजो मात्र डिस्चार्ज भएको कुरा यहीँको एउटा लोकल पत्रिकामा छापिएको रैछ । अस्ति दाई काम गर्ने अस्पताल गएको जताततै टुटे फुटे नेपाली बोल्ने विदेशी कर्मचारी, अहिले नेपाली अस्पतालमा विभिन्न देशका नर्सिङ्ग र डाक्टरको संख्या पनि बढ्न थाल्यो । त्यसैले नेपाल मेडिकल  काउन्सिलले यो वर्ष देखि विदेशीको हकमा नेपालमा काम गर्ने ले नै परीक्षामा केही कडाइ गर्दै छ रे ।
    मेरो भाउजुलाई अफिसको काम ले भ्याइ नभ्याइ छ, अर्को महिना फागुनमा नेपाल लट्रीको रिजल्ट आउँदै छ रे, नेपाल सरकारले प्रत्येक वर्ष ६–७ हजार विदेशी नागरिकलाई लट्री मार्फत वर्किङ कार्ड दिएर विश्वमा आफ्नो सामाजिक उत्तरदायित्व पनि राम्ररी सम्बोधन गर्दै आएको छ । 

    shishir devkota1683359903.jpg

                                                       लेखक 

    यहाँ बुबा हजुरबा लाई पनि समय बिताउन समस्या छैन, अर्को हप्तादेखि नेपाल र भारतबीच ३  वटा क्रिकेट टेस्ट सिरिज हुँदैछ, विहानै नाति–नातिना स्कूल पठाए पछि दिउँसोको समय कहिले पार्क त कहिले खेल हेरेर बित्ने गर्छ, फेरि हरेक शुक्रवार र शनिवार त आफ्नो सिटीको फुटबल हेर्नु पर्यो, यो सिजन पनि गोर्खा सिटी अंक तालिकामा शीर्ष स्थान मै छ, यो हप्ता होम ग्राउन्डमा हुने खेल हेर्न गोर्खा जाने ट्रेनको टिकट स–परिवार कै बुक भैसक्यो । 
        असोज पुस महिनामा पर्यटकको संख्या बढेर पोखरा लुम्बिनीमा  पाइला टेक्ने ठाउँ हुँदैन । माउन्टेन फ्लाइट काठमाडौं पोखरा भैरहवा बाट चलाउँदा पनि पुगेको छैन, एयरपोर्टको सुरक्षा चेकिङ पनि कति कडा भएको हो, फलफुल र ड्राइफ्रुट्स ल्याउँदा अस्ति भर्खर टर्कीबाट आएका २ जनाको भिसा रद्द गरेर एयरपोर्ट बाटै फर्काइदिएछन्, हिजो पनि ठमेलमा लुकेर काम गर्दै गरेका १६ जना फिलिपिनीलाई स्वदेश पठाउनु परेको थियो, जति कडाइ गरेपनि यहाँ आउने पर्यटक र कामदारको संख्या घटेको छैन ।  
        लुम्विनीमा प्रत्येक  ३–३ वर्षमा आयोजना हुने आर्थिक रुपान्तरणको लागि विश्व सम्मेलनमा अमेरिका, बेलायतबाट आउने राष्ट्र प्रमुखलाई यो पालि पोखरामा राख्ने प्रबन्ध मिलाइएको कुरा सञ्चार माध्यमबाट थाहाँ पाएँ । पहिले–पहिले छिमेकी देशको राज्यमन्त्री आउँदा घन्टौं जाममा फस्ने नेपालीलाई आज कुन देशको राष्ट्रपति आयो भन्ने हेक्का समेत हुन छोडिसक्यो, यो पालिको सम्मेलनमा जसरी नेपालले आफुले उत्पादन गरेको जल-विद्युतले पुरा एसिया युरोपमा मार्केट लिन सफल भयो भन्ने कुरामा छलफल रैछ र यहाँको आर्थिक रुपान्तरणमा प्रमुख भूमिका खेल्ने पूर्व प्रधानमन्त्रीलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि रैछ । 

        एक्कासी आवाज आयो ‘चिया सेलाइसक्यो, कान्छो उठ ।’ यो मेरो ममीको आवाज थियो । म झल्याँस भएँ अर्थात म सपना देख्दै रहेछु । भित्ताको घडी हेरें विहानकाे ५ः३० भैसकेको रहेछ ।  म मात्रै होईन,  कुन थकित रेजिडेन्ट उठ्दैन होला, अस्पतालको बाँकी काम सम्झिएर ।  म जुरुक्कै उठें । ३६ घन्टे ड्यूटीको लागि ममीले व्याग तयार पारी सक्नु भएको थियो, छिटो–छिटो तयार भएर अस्पताल तर्फ लम्किहालें, बाटोमा राति देखेको सपनाको नेपाल घुमीरह्यो । त्यो मात्रै सपना थियो, देश त लथालिङ्ग नै छ, वश यो मेरो सपना थियो, त्यो सपना मात्रै होईन, देश त्यस्तो बनोस भन्ने चाहना र अपेक्षा पनि । 

     मैले सोच्न थालेँ कि आज आफ्नो सन्ततिको उच्च शिक्षाका लागि मेरो गाउँको ८० प्रतिशत मान्छे शहर आएका छन्, भलै शहर आउनुमा रोजगारी गरिबी स्वास्थ्य पनि कारण होलान् ।  गुणस्तरीय शिक्षाका लागि शहर आउने कुरा मेरो बुबाले त २५ वर्ष अघि नै महशुस गरेर हामीलाई काठमाडौं ल्याउनु भएको रैछ, यति भनौं २५ वर्ष पछि शिक्षाको महत्व बुबाले त्यति बेला बुझ्नु भएको रहेछ, र मेरो आउँदो सन्ततिको भविष्यका लागि म नेपाल मै बस्ने कुरा २५ वर्ष देखि गाउँ नै कुरेर बसेको गाउँलेको जस्तो त हुने हैन ? मेरो श्रीमती ले बारम्बार २० वर्ष पछि हाम्रा बच्चाहहरुले तातो घाममा राहदानी लिन लाइन लाग्नु भन्दा अहिलै हामी लाइन बसौंन, जसरी नि लाइन त बस्नै पर्छ भनेर व्यङ्ग गरिरहन्छिन् । 
        बेला बेलामा श्रीमती भन्छिन:  ठिक छ, विदेश जाँदैमा हाम्रा बच्चाहरु रोनाल्डो, मेस्सी, सचिन बन्छ भन्ने ग्यारेन्टी त छैन तर उसमा केही क्षमता छ भने अवश्य पनि फक्रने अवसर चाहिँ पाउने छ । यो देशमा न त अवसर पाइन्छ, न त क्षमता को नै कदर हुन्छ, सपनाको अपहरण भैरहेको छ ।  दलाल, फटाहाहरुको वर्चश्व मात्रै छ । ’
        नेपालमा एउटा बच्चा जन्मेपछि उसको जीवनको स्थिर चक्र छ, जन्मने अनि १० कक्षा पढ्ने अनि प्लस टु अनि ब्याच्लर हुँदै मास्टर डिग्री लिने, अनि इन्ड पोइन्ट भनेको बेरोजगार बन्ने र यो  चक्र स्थिर चलिराख्छ, परिवर्तन हुने वाला छैन, यहाँ परिवर्तन हुने त मन्त्रीहरु हुन् साम्सदहरु हुन्  अनि नगरपालिका\गाउँपालिकाका राजा महाराजाहरु मात्र हुन् । 
     ६ः ३० बजे अस्पतालको भर्याङ्ग चढ्दै गर्दा फेरि मनमा कुरा खेल्न थाल्यो, मैले राति देखेको सुन्दर नेपाल बन्न  शासकीय प्रणालीले रोकेको छ र ? प्रणाली त हामीले खोजेकै जस्तो त छ,  मन्त्रीहरुमा पनि देश बनाउनु हुन्न भन्ने सोचाइ त पक्कै छैन, सबैलाई केही गरेर देखाउँ भन्ने जोश जाँगर भए जस्तो लाग्छ, तर पनि यो देश किन खोजेको, सोचेको जस्तो बन्न सकेको छैन ?
    देशको नेतृत्व गरिरहेका सम्माननीय प्रधानमन्त्री ज्यू !

     सरकार र राज्य सन्चालन प्रणाली सिस्टममा  चलोस, तपाई २–५ वर्ष प्रधानमन्त्री हुँदैमा देश रातारात बन्ने होइन, देश बन्न समय लाग्छ तर तपाइँको कार्यकालमा देशलाई एउटा सिस्टममा हालिदिनुस, जसरी धानको मिलमा इन्जिन सुरु गरेपछि फित्ता आफैं चल्न थाल्छ, पानी रोटेट हुन थाल्छ, धान आफैं बग्छ ढुटो र चामल बेग्ला बेग्लै आफैं छुट्टिएर निस्कन्छ, त्यसरी नै तपाईले देशलाई एउटा सिस्टमा हालिदिनुस्  र तपाईं पछि आउने परिवर्तन नेतृत्वको काम इन्जिन स्टार्ट गर्ने मात्र होस, देशको विदेश नीति, आर्थिक नीति र राज्य संचालन प्रणाली सधैं स्वचालित सिस्टममा चलिरहोस् । 
        साँच्चै भन्नु पर्दा मेरो परिवारको म बाहेक दाजु भाइ दिदीबाहिनीहरु  विदेश मै सेटल भैसक्नुभएको छ । हरेक दिन दाजु दिदीसँग कुरा गर्दा देश छोड्न दबाब आईराख्छ ।  अनेस्टली भन्नु पर्दा नेपालमा म बस्नु परेको कारण सबैले छोडेको मेरो बुबा ममीको माया र जिद्दीपन बाहेक अरु केही हैन् । के अहिलेको नयाँ सरकारले विदेश पलायन हुने सोच्न बाध्य पारिएको म जस्ता हजारौं युवालाई रोक्न सक्ला ? राजतन्त्र ढलेपछि प्रचण्ड सरकार बन्छ अनि नयाँ नेपाल बन्छ भनेर सपना देख्ने म जस्ता करोडौं नेपालीको सपना को नेपाल कहिले ? मनमा यही कुरा मात्र खेलिरहेको छ । 


    अजिरकोट- ५, गोरखा
    हाल: त्रिवि शिक्षण अस्पताल 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार