बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

रानीमहलमा राष्ट्रिय वीच भलिबलको तयारी पूरा

रानीमहलमा राष्ट्रिय वीच भलिबलको तयारी पूरा

साझा पोष्ट
मंगलबार, वैशाख २६ २०८०
  • images
    रानीमहलमा  राष्ट्रिय वीच भलिबलको तयारी पूरा
    images

    बुटवल । पाल्पाको रानीमहलमा हुने राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानले मंगलबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । 


    images
    images

    बैशाख २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय टिम र आयोजक गरि १० टिमको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी, मधेश, बागमती प्रदेश, एपीएफ, आर्मी, पुलिस र सह–आयोजक पाल्पा जिल्ला भलिबल संघको टिम सहभागी हुनेछन् । 

    लिग र नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन बैशाख २८ गते दिउँसो १ बजे हुने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले जानकारी दिईन् । उनका अनु्सार  बिहीबार साँझसम्म प्रतियोगितामा सहभागी हुने सम्पुर्ण टिम र अफिसियल तानसेन आईपुग्नेछन् ।  

    प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

    प्रतियोगितामा जनसहभागीता बढाउन अन्तिम दिन बैशाख ३० गते बिहान रानीमहल दौडको समेत आयोजना गरिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार