शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

एनएसजेएफले पायाे एआइपीएस एसिया अवार्ड

एनएसजेएफले पायाे एआइपीएस एसिया अवार्ड

साझा पोष्ट
मंगलबार, वैशाख २६ २०८०
  • images
    एनएसजेएफले पायाे एआइपीएस एसिया अवार्ड
    images

    काठमाडौं । नेपाली खेलकुद पत्रकारकाे छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेए) ले ‘एआइपीएस एसिया बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड पाएकाे छ।


    images
    images

    एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया)ले मंगलबार एनएसजेएफलाई  अवार्ड प्रदान गरेको हो।

    दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एआइपीएस एसियाको २४ औं कंग्रेसमा एनएसजेएफलाई अवार्ड प्रदान गरियो । 

    एआइपीएस एसियाका अध्यक्ष हि डोन जुङले एनएसजेएफका महासचिव प्रज्वल ओलीलाई अवार्ड प्रदान गरे। अवार्ड वितरण समारोहमा एनएसजेएफका केन्द्रिय सदस्य निशान राई र एआइपीएस एसियाका कोषाध्यक्ष समेत रहेका एनएसजेएफका पूर्व अध्यक्ष निरञ्जन राजवंशीको उपस्थिति  थियो।

    ब्यबसायिक खेलकुद पत्रकारिताको प्रबर्द्धन र पत्रकारिताको माध्यमबाट खेलकुदको बिकासमा पुर्र्याएको योगदानको कदर गर्दै एनएसजेएफलाई अवार्ड प्रदान गरिएको एआइपीएस एसियाले जनाएको छ।

    यस्तै बंगलादेश स्पोर्ट्स प्रेस युनियनले समेत ‘एआइपीएस बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ।

    एआइपीएस एसियाका पूर्व अध्यक्ष ग्याप चुल पार्क, पूर्व सदस्य मानुचोर जान्दी र युसुफ बर्जाबीलाई एआइपीएस लिजेन्ड अफ एसिया अवार्ड प्रदान गरिएको छ । फिफा विश्वकप आयोजक कतारले बेस्ट अर्गनाइजर अवार्ड तथा बेस्ट सपोर्टर अवार्ड साउदी अरेबियाले प्राप्त गरेको छ। हि डोन जुङलाई बेस्ट एआइपीएस प्रेसिडेन्ट प्रदान गरिएको छ।

    त्यस्तै कंग्रेसमा  एआइपीएस एसियाका कोषाध्यक्ष राजवंशी र महासचिब अमजद अजिज मल्लिकले पेश गरेको वार्षिक प्रतिवेदन पारित गरेको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार