शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

बजेट छर्न दबाब छ, तर गर्दिनँ : अर्थमन्त्री

बजेट छर्न दबाब छ, तर गर्दिनँ : अर्थमन्त्री

साझा पोष्ट
बुधबार, वैशाख २७ २०८०
  • images
    बजेट छर्न दबाब छ, तर गर्दिनँ : अर्थमन्त्री
    images

     काठमाडौं । अर्थमन्त्री डा.  प्रकाशशरण महतले क्षेत्रगत रुपमा बजेट कनिका छरेजसरी छर्न सांसदहरूबाट दबाब आएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै महतले दबाब आए पनि सीमित स्रोतका कारण आफूले कनिका छरेजस्तो गरी बजेट नछर्ने बताए ।


    images
    images


    ‘सांसदहरुबाट समेत योजनाहरु माग भइ आउने र बजेट छर्ने दबाब रहेको छ । माननीयलाई पनि दबाब छ’ महतले भने ‘जनताले बाटो, खानेपानी, शिक्षा, स्वास्थ्यको माग गर्नु स्वभाविक हो तर स्रोतको सीमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना छ । सबै ठाउँमा दिएका छौं भनेर कनिका छरेजसरी बजेट नछरौं । एउटा गरौं, देखिने गरी गरौं ।’


    स्रोत सुनिश्चिता अनुसार काम गर्नुपर्ने अवस्था रहेको उनले बताए । अर्थमन्त्री महतले बजेटमा क्षेत्रगत मात्रै प्राथमिकता नभएर अब क्षेत्रगतभित्र पनि प्राथमिकता तोक्न आवश्यक रहेको बताए । सरकारले आगामी बजेटमा जनतामा राज्यप्रति भरोसा र भविष्यप्रति आशा जगाउनेतर्फ उन्मुख हुनेगरी बजेट ल्याउने उनले प्रतिवद्धता जनाए ।

    सांसदहरुले संसदमा भनेजस्तो मुलुकको अर्थतन्त्र धरासयी नभएको महतको तर्क  छ । ‘सांसदहरुले उठाएजस्तो मुलुकको अर्थतन्त्र धरासयी भइसक्यो, खत्तम भइसक्यो भन्ने होइन । यो ओरालो लागेको पनि होइन’ उनले भने ‘अर्थतन्त्र तीव्र रुपमा उकालो चढ्नुपर्ने भएपनि त्यसरी चढेको छैन । अहिले पनि आर्थिक वृद्धि पोजेटिभ नै छ । तर जुन रफ्तारमा उकालो लाग्नुपर्ने थियो, लाग्न सकेको छैन ।’ 

    कसिलो राष्ट्र बैंकको मौद्रिक नीति र सरकारबाट पुँजीगत खर्च हुन नसक्दा अर्थतन्त्रमा शिथिलता आएको उनले दाबी गरे । अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति र वित्त नीतिबीच तादम्यता हुनुपर्ने उनको दाबी छ । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार