बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

फ्रेन्ड्सलाई हराउँदै जावलाखेल शीर्षस्थानमा

फ्रेन्ड्सलाई हराउँदै जावलाखेल शीर्षस्थानमा

साझा पोष्ट
बिहीबार , वैशाख २८ २०८०
  • images
    फ्रेन्ड्सलाई हराउँदै जावलाखेल शीर्षस्थानमा
    images

    काठमाडौं । फ्रेन्ड्स क्लबमाथि ४–१ को सहज जित निकाल्दै जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।


    images
    images

    जितसँगै जावलाखेलले १७ खेलमा नौ जित, तीन बराबरी र पाँच हारको नतिजासहित ३० अंक जोडेको छ । एक खेल कम खेलेको चर्च ब्वाइजसँग बराबरी अंक भए पनि जावलाखेल ‘हेड टु हेड’ मा अघि छ ।

    पराजय ब्यहोरेको फेन्ड्स १७ खेलमा पाँच जित, चार बराबरी र आठ हारसहित १९ अंकका साथ ११औं स्थानमा छ ।च्यासल मैदानमा बिहिबार सम्पन्न खेलमा जावलाखेललाई जित दिलाउन एनकोटो मासोबीले दुई तथा राहुल राहुल र फोडे फोफनाले समान एक गोल गरे । फ्रेन्ड्सका लागि श्यामबाबु क्याचकीले एक गोल फर्काए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार