शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख : राष्ट्र बैंक

ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख : राष्ट्र बैंक

साझा पोष्ट
शुक्रबार, वैशाख २९ २०८०
  • images
    ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख : राष्ट्र बैंक
    images

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ ।


    images
    images

    शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा तेस्रो समीक्षा सार्वजनिक गर्दै वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै बाह्य क्षेत्रमा आएको सुधारका कारण यो सम्भव भएको बताएको छ । 

    जसले गर्दा ब्याजदर पनि घट्न थालेको राष्ट्र बैंकले उल्लेख गरेको छ । ‘ब्याजदर क्रमशः घट्न थालेको छ । फलस्वरुप, कर्जा र आन्तरिक माग पनि क्रमशः बढ्दै जाने देखिन्छ’ राष्ट्र बैंकले मौद्रिक समीक्षामा भनेको छ ‘यसर्थ, समग्र माग व्यवस्थापनका साथै आन्तरिक उत्पादन विस्तार गर्न सकेमा मात्र बाहृय क्षेत्र र ब्याजदरमा आएको सुधार दिगो रहन सक्दछ ।’

    बैंक तथा वित्तीय संस्थामा निष्क्रय कर्जा अनुपात केही बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । आर्थिक शिथिलताका अतिरिक्त ऋणीको क्षमताभन्दा बढी कर्जा प्रदान गर्ने प्रवृत्ति, विगतमा कर्जा प्रवाहमा भएको तीब्र विस्तार र बैंकिङ क्षेत्र लक्षित गैरव्यावसायिक गतिविधिका कारण निष्क्रय कर्जा बढ्न गएको राष्ट्र बैंकले औंल्याएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार