Sajha Post
अदालतको आदेशपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहा

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख इमरान खान बिहीबार रिहा भएका छन् । उनलाई गत मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो ।

रिहा भएपछि उनी शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने पाकिस्तानी सञ्चार माध्यम डनले जनाएको छ ।

बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा तीन न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश जारी गरेको थियो ।  प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको इजलासले उनको गिरफ्तारीलाई गैरकानूनी ठहर गरेको थियो । 

आदेशमा शुक्रबार खान उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्नसमेत आदेश दिएको छ । बिहीबार अल कादिर ट्रस्ट प्रकरणमा नेसनल अकाउन्टिबिलिटी ब्युरोले गरेको गिरफ्तारीलाई अदालतले अमान्य ठहर गरेको हो । 

उनी पक्राउ परेपछि पाकिस्तानका विभिन्न सहरहरूमा प्रदर्शन चर्किएको थियो ।र, ठूलो आन्दोलनकै रुपमा चर्किएको छ ।  खानले समर्थकलाई शान्ति कायम राख्न अपील गरेका छन् । 

machhapuchhre bank

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update