शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

आईपीएल : गुजरातलाई हराउँदै मुम्बई तेस्रो स्थानमा

आईपीएल : गुजरातलाई हराउँदै मुम्बई तेस्रो स्थानमा

साझा पोष्ट
शनिबार, वैशाख ३० २०८०
  • images
    आईपीएल : गुजरातलाई हराउँदै मुम्बई तेस्रो स्थानमा
    images

    एजेन्सी । इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स तेस्रो स्थानमा उक्लिएको छ ।


    images
    images

    सूर्यकुमार यादव शानदार ब्याटिङको मद्दतमा मुम्बईले शीर्ष स्थानमा रहेको गुजरातलाई २७ रनले पराजित गरेको छ ।

    पहिले ब्याटिङ गरेको मुम्बइले २१८ रन बनाएको थियो । २१९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्रै बनायो ।

    मुम्बइका लागि सूर्यकुमारले अविजित १०३ रन बनाए । यस्तै इशान किशन ३१, कप्तान रोहित शर्मा २९, विष्णु विनोदले ३० रन बनाए । गुजरातका राशिद खानले चार र मोहित शर्माले एक विकेट लिए । 
    लक्ष्य पछ्याउने क्रममा गुजरातको शुरुआत खराब रह्यो । 

    गुजरातका ऋद्धिमान साह २, शुभमन गिल ६ र कप्तान हार्दिक पाण्ड्या ४ रनमै आउट भए । राशिद खानले ७९, विजय शंकरले २९ र डेभिड मिलरले ४१ रन बनाएपनि गुजरातले लक्ष्य भेट्टाउन सकेन । मुम्बइसँग पराजित भए पनि गुजरात शीर्ष स्थानमै छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार