बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

रानीमहल दौडको उपाधि दिनेशलाई

रानीमहल दौडको उपाधि दिनेशलाई

साझा पोष्ट
शनिबार, वैशाख ३० २०८०
  • images
    रानीमहल दौडको उपाधि दिनेशलाई
    images

    तानसेन । रानीमहल दौडको उपाधि सेनाका दिनेशबहादुर शाहीले जितेका छन् । पाल्पाको रानीमहलमा आयोजित राष्ट्रिय वीच भलिबल प्रतियोगिताको समापनका अवसरमा सञ्चालन गरिएको दौडको उपाधि शाहीले जितेका हुन् ।


    images
    images

    उनले निर्धारित १३ किलोमिटरको दुरी ४६ मिनेट १५ सेकेन्डमा पुरा गरे । उनले १० हजार रुपैयाँ प्राप्त गरे । तानसेनको कैलाशनगरबाट सुरु भएको दौड रानीमहल परिसरमा आएर समापन भएको थियो । 

    दौडको दोस्रो स्थान कर्ण पुनले हात पार्दै ७ हजार रुपैयाँ जिते । उनले निर्धारित दुरी ४६ दशमलव २० सेकेन्डमा पार गरे । 
    तेस्रो स्थान भारतीय सेनाका प्रविन राना, चौथो स्थान तानसेनका रामबहादुर थापा र पाँचौं स्थान एपीएफका दुर्गाबहादुर बगालेले हात पारे । विजेताले क्रमश ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरे । 

    विजेता खेलाडीलाई प्रदेश सभा सदस्य वीरबहादुर राना, आयोजक सञ्जय मेमोरियल फाउन्डेसनकी अध्यक्ष निरोज मास्के, उपाध्यक्ष धिरेन शाक्य, सदस्य सनरोज मास्केले पुरस्कृत गरे । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार