शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

अन्तिम १० मिनेट जोगिन नसक्दा जावलाखेल अंक बाँड्न बाध्य

अन्तिम १० मिनेट जोगिन नसक्दा जावलाखेल अंक बाँड्न बाध्य

काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लबले मनाङ  मर्स्याङ्दी क्लबसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ ।च्यासल मैदानमा आइतबार भएको खेलमा मनाङले अन्तिम १० मिनेटमा दुई गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो । दुई गोलको अग्रता जोगाउन नसक्दा  जावलाखेल अंक बाँड्न बाध्य भयो । 

साझा पोष्ट
आइतबार, वैशाख ३१ २०८०
  • images
    अन्तिम १० मिनेट जोगिन नसक्दा जावलाखेल अंक बाँड्न बाध्य
    images

    काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लबले मनाङ  मर्स्याङ्दी क्लबसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ ।


    images
    images

    च्यासल मैदानमा आइतबार भएको खेलमा मनाङले अन्तिम १० मिनेटमा दुई गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो । दुई गोलको अग्रता जोगाउन नसक्दा  जावलाखेल अंक बाँड्न बाध्य भयो । 

    ३३औं मिनेटमा एनकोतो मासोबीले गोल गर्दै जावलाखेललाई पहिलो हाफमा अग्रता दिलाएका थिए । ७५औं मिनेटमा हिसुब थपलियाले गोल गर्दै गर्दै अग्रता दोब्बर पारेपछि जावलाखेल जितनजिक पुगेको थियो ।

    तर  मनाङका लागि ८०औं मिनेटमा बिसोन गुरुङ र ९०औं मिनेटमा सुमित महर्जनले गोल गर्दै खेल बराबरी गरे ।
    चौथो बराबरीपछि जावलाखेलले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने अवसर गुमाएको छ ।९ जित ४ बराबरी र ५ हारको नतिजा निकालेको जावलाखेल १८ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ ।

    एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेड ३० अंकसहित दोस्रो स्थानमा छ । मनाङको १८ खेलबाट २२ अंक भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार