Sajha Post
टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ गरेका छन् । 

काठमाडौंको बुढानिलकण्ठबाट उनी पक्राउ परेका  प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।  । फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । दुई साताअघि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएपनि 'आफैं आउँछु' भनेर उनी भैरहवाबाट भागेका थिए ।

गत २० बैशाखमा गृहजिल्ला अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा सहभागी भैरहेका बेला उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको सार्वजनिक भएको थियो । सन्धिखर्कमा आजै 'काठमाडौं जान्छु र अनुसन्धानमा सहयोग गर्छु' भनेर हिंडेका रायमाझी भैरहवा पुगेपछि सम्पर्कविहीन भएका थिए ।

उनले फरार हुनु अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई सम्पर्क गरेका थिए ।  उनी भागेपनि प्रहरीले छोरा सन्दीपलाई त्यही दिन अर्थात २० वैशाखमै समातेको थियो । रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ । 

machhapuchhre bank

 यही मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाण चार दिनदेखि हिरासतमा छन् । सात बिचौलियासहित यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यो मुद्दामा पक्राउ पर्नेमा संख्या १३ पुगेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update