Sajha Post
सूर्यविनायकको सोफा उद्योगमा भीषण आगलागी
machhapuchhre bank

काठमाडौं ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ। 

सोफा उद्योगमा ठूलो आगो देखिएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरीको टोलीसहित ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने काम भइरहेको छ।

 प्रहरीका अनुसार घटना कसरी भयो भन्नेबारे थाहा भएको छैन। अहिले पाँच वटा दमकलको प्रयोग गरी प्रहरी टोलीले आगो निभाउने काम गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन । 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update