शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

आरसीबीका अगाडि राजस्थानको कन्तविजोग, १२२ रनले पराजित

आरसीबीका अगाडि राजस्थानको कन्तविजोग, १२२ रनले पराजित

साझा पोष्ट
आइतबार, वैशाख ३१ २०८०
  • images
    आरसीबीका अगाडि राजस्थानको कन्तविजोग, १२२ रनले पराजित
    images

    काठमाडौं । राजस्थान रोयल्समाथि फराकिलो जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) को  प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । 


    images
    images

    राजस्थानको घरेलु मैदान सवाईमान सिंह स्टेडियममा भएको खेलमा बेंगलोर १ सय १२ रनको फराकिलो अन्तरले विजयी भएको हो । 

    बेंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको राजस्थान १० ओभर ३ बलमा अलआउट हुँदै ५९ रनमा सीमित भयो । राजस्थानका लागि शिमरन हेटमायरले १९ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३५ रन बनाए । जोय रुट १० रनमा आउट हुँदा ४ ब्याटर डगआउट भए ।बेंगलोरका लागि वाईनी पार्नेलले ३ तथा कण शर्मा र माईकल व्रेसवेलले समान २-२ विकेट लिए । 

    टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट १ सय ७१ रन बनाएको थियो । 

    बेंगलोरका लागि कप्तान फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले अर्धशतकीय ईनिङ खेले । कप्तान फाफले ४४ बलमा ३ चौका र ४ छक्काको सहयोग ५५ रन बनाए । म्याक्सवेलले ३३ बलमा ५ चौका र ३ छक्काको सहयोग ५४ रन बनाए । 

    राजस्थानका लागि केएम आसिफ र एडम जाम्पाले समान २-२ तथा सन्दीप शर्माले १ विकेट लिए । बाह्र खेलमा ६ जित र ६ हारका साथ बेंगलोर पाँचौं स्थानमा उक्लिएको छ । तेह्र खेलमा ६ जित र ७ हारका साथ राजस्थान छैटौं स्थानमा झरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार