बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

मलेसियासँगको टी–ट्वेन्टी सिरिजका लागि नेपालको प्रारम्भिक टोली घोषणा

मलेसियासँगको टी–ट्वेन्टी सिरिजका लागि नेपालको प्रारम्भिक टोली घोषणा

साझा पोष्ट
आइतबार, वैशाख ३१ २०८०
  • images
    मलेसियासँगको टी–ट्वेन्टी  सिरिजका लागि नेपालको प्रारम्भिक टोली घोषणा
    images

    काठमाडौं । मलेसियासँगको महिला टी–ट्वेन्टी सिरिजका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । 


    images
    images

    मलेसियाविरुद्धको ५ खेलको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको हो । 

     सिरिज मलेसियाको घरेलु मैदानमा मे २९ देखि सुरु हुनेछ । दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल  छ ।जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल हुनेछ । 

    पछिल्लो पटक नेपालले मलेसियामा नै गत बर्षको जुन १७ देखि २५ सम्म आयोजना भएको एसीसी महिला टी–ट्वेन्टी च्याम्पियनसिप खेलेको थियो ।गत वर्ष घरेलु भुमिमा युगान्डाविरुद्ध नेपालले ५ खेलको नै टी–ट्वेन्टी सिरिज खेलेको थियो । युगान्डाले  सिरिज ३-२ ले जितेको थियो । 

    women_cric1684087418.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार