शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

प्रहरीले ट्र्याक गरिरहेको अवस्थामा यसरी पक्राउ परे टोपबहादुर रायमाझी

प्रहरीले ट्र्याक गरिरहेको अवस्थामा यसरी पक्राउ परे टोपबहादुर रायमाझी

साझा पोष्ट
सोमबार, जेठ १ २०८०
  • images
    प्रहरीले ट्र्याक गरिरहेको अवस्थामा यसरी पक्राउ परे टोपबहादुर रायमाझी
    images

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।


    images
    images

    ‘रायमाझी शनिबार काठमाडौँ आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी भूपेन्द्र खत्रीले भने । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

    रायमाझी २० वैशाखका दिन अर्घाखाँचीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक विद्यालयको कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुन पुगेका बखत उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको थियो । उनी सोही दिन अर्घाखाँचीबाट बुटवल हुँदै भैरहवासम्म पुगेको सूचना प्रहरीले पाएको थियो । तर, भैरहवा आएपछि उनी सम्पर्कविहीन हुँदै फरार भएका थिए । प्रहरीले रायमाझी पक्राउ नपरेपछि ७७ वटै जिल्लामा उनलाई नियन्त्रणमा लिन सर्कुलर गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा। मनोज केसीले रायमाझीलाई प्रहरीले ट्र्याक गरिरहेको अवस्थामा उनी शनिबार काठमाडौं प्रवेश गरेको सूचना पाएको र उनलाई पक्राउ गरिएको जानकारी दिएका हुन् । ‘रायमाझीलाई प्रहरीले फ्लो गरिरहेकै थियो, उनी शनिबारसम्म काठमाडौं बाहिरै थिए, शनिबार काठमाडौं आएको सूचनापछि प्रहरी उनको खोजीमा काठमाडौंका सबै क्षेत्रमा खटिएको थियो,’ उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी केसीले भने ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पक्राउ गरिसकेको छ भने गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिसकेको छ । हालसम्म प्रहरीले रायमाझीसमेत गरी सो प्रकरणमा मुछिएका १३ जनालाई पक्राउ गरिसकेको छ ।

    पक्राउपर्ने अन्यमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी छन् । सन्दीप रायमाझी भने टोपबहादुरका छोरा हुन् । आजको राजधानी दैनिकमा खबर छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार