बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

४ खेल खेल्न बाँकी रहँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

४ खेल खेल्न बाँकी रहँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

साझा पोष्ट
सोमबार, जेठ १ २०८०
  • images
    ४ खेल खेल्न बाँकी रहँदै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
    images

    एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिताको उपाधि बार्सिलोनाले जितेको छ । बार्सिलोनाले आफ्नो ४ खेल खेल्न बाँकी रहँदै उपाधि पक्का गरेको हो । बार्सिलोनाले गए राति भएको खेलमा एस्पान्योललाई ४—२ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । बार्सिलोनाले जितेको यो २७औँ ला लिगा उपाधि पनि हो । 


    images
    images

    आफ्नै सहरको प्रतिद्वन्द्वी एस्पान्योलविरुद्ध बार्सिलोनाले पहिलो हाफमै ३ गोल गरेको थियो । खेल सुरु भएको ११औँ मिनेटमै लेवान्डोवस्कीले टोलीका लागि पहिलो गोल गरेका थिए । २०औं मिनेटमा १९ वर्षीय स्पेनिस खेलाडी एलेस्यान्ड्रो ब्लेडले टोलीको अग्रता दोब्बर बनाएका थिए । ४०औँ मिनेटमा लेवान्डोवस्कीले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० ले अगाडि बढाए । 

    यसैगरी खेलको ५३औँ मिनेटमा जुल्स कोन्डेले बार्सिलोनाका लागि चौथो गोल थपे । एस्पान्योलले भने दुबै गोल खेलको अन्त्यतिर फर्काएको थियो । 

    हालसम्म ३४ खेल सकेको बार्सिलोनाको ८५ अङ्क छ । समान खेलबाट ७१ अङ्क बटुलेको रियल मड्रिड दोस्रो स्थानमा छ । बाँकी ४ वटै खेलमा रियल विजयी र बार्सिलोना पराजित भए पनि रियलले बार्साको अङ्क भेट्टाउन सक्दैन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार