Sajha Post
बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं । सरकारमा सहभागी दलको बैठक बालुवाटारमा बसिरहेको छ । झण्डै एकघण्टादेखि बैठक बसिरहेको छ ।

सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। र, त्यसै विषयमा छलफल बोलाइएको बताइएको छ । 

यसअघि मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले सरकार समर्थक दश दलसँग छलफल गरेका थिए । 

उनले आज बेलुकासम्म नीति तथा कार्यक्रममा लिखित सुझाव दिन समय दिएका थिए। जारी बैठकमा सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला सदरका विषयमा पनि छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update