
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता श्रेष्ठ सत्ता गठबन्धनको बैठक छोडेर निस्किएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा चलिरहेको बैठक छोडेर श्रेष्ठ निस्किएकी हुन् ।
सर्वोच्च अदालतको फैसलाका विषयमा पार्टीका संरक्षक रेशम चौधरीले बोलाएको बैठकमा सहभागी हुन मन्त्री रञ्जिता श्रेष्ठ डिल्लीबजार कारागारतर्फ गएको बुझिएको छ ।
बालुवाटारबैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारको नीति तथा कार्यक्रम र बजेटबारे हिजो पनि गठबन्धनका दश दलबीच प्रधानमन्त्रीले छलफल गरेको थिए। यस्तै, नागरिकता विधेयक, टीआरसीलगायको विषयलाई टुंग्याउन प्रधानमन्त्रीले पहल गरिरहेका छन्।