Sajha Post
आईपीएल : राजस्थान प्लेअफको दौडमा कायमै, पञ्जाब बाहिरियो
machhapuchhre bank

एजेन्सी । आईपीएल अन्तर्गत गएराती भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई हराउँदै प्लेअफ पुग्ने संभावना कायमै राखेको छ भने पञ्जाब किंग्स दौडबाट बाहिर छ। राजस्थानले पञ्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

यो जितसँगै राजस्थान तालिकाको पाँचौँ स्थानमा पुगेको छ । भने पञ्जाबको टोलीले १२ अंक मात्र जोड्न सकेको छ । यस्तो अवस्थामा पञ्जाब प्लेअफको दौडबाट बाहिरिएको छ । प्लेअफमा प्रवेश गर्न राजस्थानले अब मुम्बई र बेंगलुरुको हारको लागि प्रार्थना गर्नुपर्नेछ। त्यसमा पनि रनरेटले समेत अर्थ राख्नेछ । 

पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा राजस्थानले १९।४ ओभरमा ६ विकेट गुमाएर १८८ रनको लक्ष्य पुरा गरेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update