शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

आईपीएल : दिल्लीमाथी फराकिलो जीतसँगै चेन्नई प्ले अफमा

आईपीएल : दिल्लीमाथी फराकिलो जीतसँगै चेन्नई प्ले अफमा

साझा पोष्ट
शनिबार, जेठ ६ २०८०
  • images
    आईपीएल : दिल्लीमाथी फराकिलो जीतसँगै चेन्नई प्ले अफमा
    images

    एजेन्सी । आईपीएल अन्तर्गत आज (शनिबार) भएको खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि सानदार जीत हासिल गर्दै साथ प्लेअफमा स्थान पक्का गरेको छ ।दिल्ली माथी ७७ रनको फराकिलो अन्तरको जीत हासिल गर्दै चेन्नई गुजरात पछि प्ले अफमा पुग्ने दोस्रो टिम बनेको हो । महेन्द्र सिंह धोनीको कप्तानीमा चार पटकको च्याम्पियन चेन्नईले १७ अंकका साथ प्लेअफमा स्थान पक्का गरेको हो ।


    images
    images

    जितको लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन मात्र बनाउन सक्यो । 

    दिल्लीका लागि कप्तान डेविड वार्नरले  सर्वाधिक ८६ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । दिल्लीका पृथ्वी शा ५, फिलिप साल्ट ३, राइली रोसोउ डक, यश धुल १३, अक्षर पटेल १५ र अमन खान हाकिमले ७ रन बनाए ।

    चेन्नईका दीपक चाहरले ३ विकेट लिए । महेश पाथिराना र महेश थिक्सेनाले समान २,२ विकेट लिए । तुषारदेश पाण्डे र रविन्द्र जडेजाले समान एक विकेट लिए ।

    त्यसअघि पहिला ब्याटिङको रोजेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो । चेन्नईका ओपनर डेभन कन्वेले ५२ बलमा ८७ रन बनाए भने अर्का ओपनर ऋतुराज गायकवाडले ५० बलमा ७९ रनमा बनाए । 

    चेन्नई १४ खेलमा ८ मा जित र ५ मा हारका साथ १७ अंकका सात दोस्रो स्थानमा छ । आज नै लखनऊ र कोलकाताबीच प्रतिस्पर्धा हुँदैछ । लखनऊ विजयी हुँदा १७ अंक हुनेछ । लखनऊ विजयी भएमा नेटरनरेटमा माथि रहने टोली दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार