Sajha Post
आईपीएल : एक रनको रोमाञ्चक जीतसँगै लखनउ प्लेअफमा, कोलकाता बाहिरियो

एजेन्सी । आईपीएल अन्तर्गत गएराती भएको खेलमा लखनउ सुपर जाइन्ट्सले रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सलाई १ रनले पराजित गरेको छ । यो जितसँगै लखनउले प्लेअफमा स्थान बनाएको छ ।

लखनउले पहिला ब्याटिङ गर्दै १७६ रन बनाएको थियो । जवाफमा कोलकाताका खेलाडीले १ सय ७५ रन मात्रै बनाउन सकेका थिए । लखनउका लागि निकोलस पूरनले ५८ रनको उत्कृष्ट इनिङ खेले । बलिङमा रवि बिश्नोई र यश ठाकुर दुवैले २–२ विकेट लिए । क्रुणाल पाण्डेय र गौतमले एक–एक विकेट लिए ।

लखनउ १७ अंकसहित प्लेअफमा पुगेको छ । दुई पटकको च्याम्पियन टोली कोलकाता नाइट राइडर्स १२ अंकसहित पछि परेको छ । १७७ रनको लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सको टोलीलाई जेसन रोय र वेंकटेश अय्यरले राम्रो सुरुवात गराए । दुवैले ५.४ ओभरमा ६१ रन जोडे।  

वेंकटेशलाई आउट गर्दै कृष्णप्पा गौतमले केकेआरलाई पहिलो झटका दिए । त्यसपछि कप्तान नितिश राणा रवि बिश्नोईको शिकार बने र क्रुणाल पाण्डेयले जेसनलाई बोल्ड गर्दै केकेआरको स्कोर १० ओभरमा ३ विकेट गुमाएर ८२ रनमा पुर्याए।
अन्त्यमा रिंकु सिंहले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै अविजित ६७ रन बनाएपनि टिमलाई जिताउन सकेनन । 

यसअघि निकोलस पूरन र आयुष बडोनीले राम्रो प्रदर्शन गर्दा लखनऊ सुपरजाइन्ट्सले ८ विकेटमा १७६ रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो ।

machhapuchhre bank

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update