शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

एल साल्भाडोरको फुटबल स्टेडियममा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु

एल साल्भाडोरको फुटबल स्टेडियममा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु

साझा पोष्ट
आइतबार, जेठ ७ २०८०
  • images
    एल साल्भाडोरको फुटबल स्टेडियममा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु
    images

    काठमाडौं । एल साल्भाडोरस्थित एक फुटबल स्टेडियममा भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । स्थानीय टिम अलिआन्जा र फासबीच कसकटल्याण्ड स्टेडियममा खेल भइरहेको बेला समर्थकबीचको ठेलमठेलले दुर्घटना भएको हो ।


    images
    images

    गेटहरु बन्द भएपछि पनि ठूलो संख्यामा फुटबल समर्थक रंगशालामा प्रवेश गर्न खोज्दा भिडमा किचिएर १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

    राष्ट्रपति नायब बुकेले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान सुरु गर्ने बताएका छन् ।कसैले नक्कली टिकट बेचेको र त्यही टिकटबाट  प्रवेश गर्न खोजेका समर्थकलाई सुरक्षाकर्मीले रोक्न खोज्दा घटना भएको हो । सुरक्षाकर्मीले स्टेडियम अगाडि लगाएको ब्यारिकेड हटाएर भिड रंगशालाभित्र पसेको थियो । 

    नक्कली टिकट बेच्नेको खोजी भइरहेको र घटनाबारे अप अनुसन्धान जारी रहेका त्यहाँका सुरक्षाकर्मीले बताएका छन् ।फुटबलको प्रत्यक्ष प्रसारण भइरहेको एक भिडियोमा लगत्तै खेल स्थगित गरिएको र स्वास्थ्यकर्मीहरु स्ट्रेचर बोकेर घाइतेहरुको उद्धारमा दौडिरहेको देखिन्छ ।

    एल साल्भाडोरको नागरिक सुरक्षाका लुइस अलोन्सो अमायाले करिब ५०० मानिसहरूलाई चिकित्सा उपचार दिइएको र धेरैलाई अस्पतालमा लगिएको बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार