
काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आठौं अधिवेशनले सुरज भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले भण्डारीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
अरु सबै पदमा निर्विरोध हुँदा अध्यक्षमा मात्रै चुनाव भएको थियो, जसमा भण्डारी भारी मतका साथ विजयी भए । भण्डारीले अध्यक्षमा ५४ मत ल्याउँदा प्रतिस्पर्धी मधुकर अधिकारीले १९ मत प्राप्त गरे ।भण्डारी यसअघि संस्थाको महासचिव थिए ।
नेजाको उपाध्यक्षमा सुजन पण्डित र महासचिवमा बाबुराम दाहाल निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा जानु पंगेनी, उत्तर क्षेत्रीय संयोजकमा सुपेन्द्र बस्नेत,पश्चिम क्षेत्रीय संयोजकमा रोशन अधिकारी, मध्य क्षेत्रीय संयोजकमा शंकर दाहाल पनि निर्विरिोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा प्रतिमा बाँस्कोटा, ईश्वरी नेउपाने, हेमराज बराल, केशव रेग्मी र झरना अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।