
काठमाडौं । यही मे २९ देखि जुन ४ सम्म मलेसियासँग हुने पाँच खेलको टी२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाली राष्ट्रिय महिला टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले विहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ जनाको अन्तिम टोली घोषणा गरेको हो। जसमा सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी बिष्ट गरी तीन नयाँ अनुहार छन् । नेपालको प्रशिक्षकमा सामसन जङ थापा छन् ।
नेपाली महिला क्रिकेट टिमले झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । कप्तान रुबिनाले तीन महिनापछि मलेसियामै हुने टी२० विश्वकप छनोटका लागि मलेसियासँगको शृंखलाले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
यस्तै पछिल्लो समय पुरुष टोलीले पाएको सफलताबाट मोटिभेट भएको र महिला टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताइन् ।
नेपाली टिम :
रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी