शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

नीति तथा कार्यक्रममा उठेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने

नीति तथा कार्यक्रममा उठेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा सुरुमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने उल्लेख छ ।

साझा पोष्ट
शुक्रबार, जेठ १२ २०८०
  • images
    नीति तथा कार्यक्रममा उठेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने
    images

    काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् ।


    images
    images

    आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा सुरुमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने उल्लेख छ ।

    प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाले भने नीति तथा कार्यक्रम पारित गरिसकेको छ ।

    प्रधानमन्त्रीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम पारित हुने छ । त्यसपछि संसदमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत हुनेछ । संविधानको व्यवस्था अनुसार सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्ने छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार