
काठमाडौं । नेकपा माअोवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग भेटवार्ता गरेका छन्।
पूर्वसभामुख समेत रहेका सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल र सिपिसीका प्रतिनिधिबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको हो।
सापकोटा र लिउले एक्लाएक्लै छलफल गरेका थिए। यो भेटवार्ता सकिएपछि प्रतिनिधिसहितको भेटवार्ता भएको सापकोटाको सचिवालयले जनाएको छ।
भेटमा दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ। भेटमा लिउले प्रचण्ड नेतृत्वको सरकारको विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका बताइएकाे छ ।
सापकोटाको नेतृत्वमा माअोवादीकाे २० सदस्यीय टाेली जेठ ५ गते चीन गएकाे थियाे । उनीहरू १८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।