बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

बागमती प्रदेशभित्र गाडी भाडा घट्यो, कहाँको भाडादर कति ? (सूचिसहित)

बागमती प्रदेशभित्र गाडी भाडा घट्यो, कहाँको भाडादर कति ? (सूचिसहित)

काठमाडौं । काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ। ५ किलोमिटरसम्मको न्यूनतम भाडामा १ रुपैयाँ घटेको छ।काठमाडौं उपत्यकामा छोटो दूरीको भाडा अब १९ रुपैयाँ भएको छ।

साझा पोष्ट
शुक्रबार, जेठ १२ २०८०
  • images
    बागमती प्रदेशभित्र गाडी भाडा घट्यो, कहाँको भाडादर कति  ? (सूचिसहित)
    images

    काठमाडौं । काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ। ५ किलोमिटरसम्मको न्यूनतम भाडामा १ रुपैयाँ घटेको छ।

    काठमाडौं उपत्यकामा छोटो दूरीको भाडा अब १९ रुपैयाँ भएको छ। अहिले २० रुपैयाँ छ। १० किलोमिटरसम्मको यात्रा गर्दा २५ रुपैयाँ, १५ किलोमिटरसम्मको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ रुपैयाँ, २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तोकिएको छ। 

    images
    images

    काठमाडौं उपत्यकाबाट बागमती प्रदेशभित्र सञ्चालन हुने यातायातमा ४.१८ प्रतिशतले भाडा घटाउने निर्णय भएको छ। उक्त भाडादरमा यात्रुले १५ केजीसम्म सामान नि:शुल्क र सोभन्दा बढी १० केजीसम्म प्रतिकेजी ५ का दरले भाडा लिन पाउने भएका छन्। 

    मालबाहक सवारी साधनको हकमा भने ५.६९ प्रतिशतले कम लिनुपर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ। 

    bhada_11685080560.JPG

    bhada_21685080579.JPG

    bhada_31685080595.JPG

    bhada_41685080613.JPG

     

    प्रतिक्रिया हरु
    थप समाचार