Sajha Post
आईपीएलको फाइनल प्रवेशका लागि गुजरात र मुम्बई भीड्दै

काठमाडौं ।   इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को दोस्रो क्वालिफायर खेलमा आज पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स र साविक विजेता गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा बेलुकी पौने आठ बजे शुरु हुनेछ ।   विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ । 

साबिक विजेता गुजरात मुम्बईलाई पराजित गरी लगातार दोस्रो पटक फाइनल पुग्ने योजनामा छ । पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित गुजरातले फाइनल प्रवेशका लागि अर्को मौका पाएको हो । गुजरातलाई पहिलो क्वालिफायरमा हराएर चेन्नईले फाइनलमा स्थान बनाईसकेको छ ।

मुम्बई पनि गुजरातलाई पराजित गरी सातौं पटक फाइनल प्रवेश गर्ने तयारीमा छ ।  ईलिमिनेटरमा लखनउ सुपर जायन्ट्सलाई हराएर मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । 

घरेलु मैदानमा खेल रहेकोले गुजरातलाई त्यसको फाईदा हुनेछ । समूह चरणको १४ खेलमा ४ खेल मात्र हारेर समूह विजेता बनेको गुजरात आफैमा बलियो टोली रहेको छ । 

machhapuchhre bank

समूह चरणमा मुम्बई र गुजरातले दुई खेल खेलेका थिए । समूह चरणका एक खेलमा मुम्बई तथा एकमा गुजरात विजयी भएका थिए । पहिलो क्वालिफायर विजेता चेन्नई र दोस्रो क्वालिफायरको विजेता टोलीले आगामी आइतबार फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update