बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

जलहरीबारे बोले ओली : पुष्टि हुने आधार छैन, संसद चल्न दिँदैनौं 

जलहरीबारे बोले ओली : पुष्टि हुने आधार छैन, संसद चल्न दिँदैनौं 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने विषयमा आफूमाथि लगाइएको आरोपको प्रतिवाद गरेका छन् । पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आधारहीन आरोप लगाइएको बताए । तत्काली नेकपाको अध्यक्ष हुँदा ओली प्रधानमन्त्री बनेका बेला पशुपतिनाथको गर्भगृहमा १०७ केजी सुनसहितको जलहरी राखिएको थियो।

साझा पोष्ट
शुक्रबार, जेठ १२ २०८०
  • images
    जलहरीबारे बोले ओली : पुष्टि हुने आधार छैन, संसद चल्न दिँदैनौं 
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने विषयमा आफूमाथि लगाइएको आरोपको प्रतिवाद गरेका छन् । 


    images
    images

    पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आधारहीन आरोप लगाइएको बताए । तत्काली नेकपाको अध्यक्ष हुँदा ओली प्रधानमन्त्री बनेका बेला पशुपतिनाथको गर्भगृहमा १०७ केजी सुनसहितको जलहरी राखिएको थियो।

    तर त्यहाँ लगाइएकोमध्ये १० केजी सुनको हिसाब नभएको कुरा संसदमा उठेपछि ओलीले त्यसको खण्डन गरेका हुन् । यो प्रकरणले एमालेबाटै संसद्मा शुक्रबार अवरोध भएको छ। अवरोध भएको संसद् बैठक अझै सुरु हुन सकिएको छैन। ‘पशुपतिमा मैले रकम दिने हो, रकम दिएको हो’, उनले अगाडि भने, ‘सुन हो कि पित्तल हो, मैले त्यहाँ ट्वाक ट्वाक पार्न जाने होइन।’

    यो प्रकरण संसदमा उठाउने नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई ओलीले सामाजिक मर्यादाविहीन भने। ‘सामाजिक मर्यादा नै नभएका कस्ता कस्ता सांसदहरु संसद्मा पुगेका छन्। यो दुस्खको कुरा हो’, उनले भने, ‘राणाहरुले र कांग्रेसले पनि थिचेको पार्टी हो एमाले, अहिले केहीले कराउँदैमा केही हुँदैन।’

    ओलीले सदन चल्न नदिने पनि प्रष्ट पारे । 

    ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भनेर बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद अवरुद्ध हुनैपर्छ ।’ उनले आफूले जिन्दगीभर भ्रष्टाचारविरोधी अभियान चलाएको बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार