Sajha Post
उज्वेकिस्तानलाई हराउँदै भारत काभा महिला भलिबलको फाईनलमा 
machhapuchhre bank

काठमाडौं ।  उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरी भारत काठमाडौंमा जारी काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई सहजै पराजित गर्यो । 

पहिलो सेट २५–१७, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१५ ले जितेर भारतले फाइनलमा स्थान बनायो । भारतले उपाधिका लागि नेपाल र कजाकस्तानबीच खेलको विजेतासँग १४ जेठमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र कजाकस्तानबीचको दोस्रो सेमिफाइनल पाँच बजेदेखि सुरु हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update