बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

शरणार्थी प्रकरणमा ओलीको प्रतिक्रियाः मेरो नजिकका व्यक्तिको नाम पोल्न लगाइयो

शरणार्थी प्रकरणमा ओलीको प्रतिक्रियाः मेरो नजिकका व्यक्तिको नाम पोल्न लगाइयो

साझा पोष्ट
शुक्रबार, जेठ १२ २०८०
  • images
    शरणार्थी प्रकरणमा ओलीको प्रतिक्रियाः मेरो नजिकका व्यक्तिको नाम पोल्न लगाइयो
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई जबर्जस्ती मुछ्न खोजेको र आफ्नो नजिकका मान्छेलाई पोल्न लगाइएको आरोप लगाएका छन् ।

    पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण कार्यक्रममा बोल्दै उनले शरणार्थी प्रकरणमा एमाले संलग्न नभएको बताउँदै षडयन्त्र भैरहेको दाबी गरे ।  
    शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशव दुलालले बयानका क्रममा ओलीका स्वकीय सचिव, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृहसचिव प्रेमकुमार राईलगायको नाम मुछिएपछि ओलीले आपत्ति जनाएका हुन् ।

    images
    images


    ‘नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउँने धन्धामा केही व्यक्ति सामेल रहेछन् । अदालतमा केस भएकाले को संलग्न छ म धेरै भन्न चाहन्नँ’, उनले भने, ‘तर, त्यसको सबैबाढी अहिले एमालेतर्फ फर्काउन खोजियो। मिडिया सामाजिक सञ्जाल। नआए पनि यो आयो भनेर एमालेका विरुद्ध हावाहुरी चलाएको छ । एमाले यसमा कहिँ कतै संलग्न छैन ।’

    भ्रष्टाचार कहिले कसरी भएको विस्तारै खुल्दै जाने बताए । निवेदनको बाढी नै आउन थालेपछि थाप्न नसकेर अहिले बाहिर आएको जिकिर गरे ।

    ‘मेरो नजिक भएका भनिका मान्छेहरुको नाम कसरी पोल्न लगाउने कसरी मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्ने ? पुलिसकहाँ कसैले बयानको क्रममा नाम उच्चारण गर्यो भने अखबारमा सँगसँगै कसरी पुग्छ ? उनले भने, कहिलेकहिले अघिल्लो दिन अखबारमा आउँछ भोलिपल्ट बयानमा आउँछ। कस्तो तयारीका साथ ? मान्छेले सहि गर्न नमान्दा बयान रोकेर मान्छेलाई सही गराइएको छ ।’

     
     

    प्रतिक्रिया हरु
    थप समाचार