Sajha Post
काभा महिला भलिबलः नेपाल सेमिफाईनलमा कजाकस्तानसँग पराजित 
machhapuchhre bank

काठमाडौं । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबलको सेमिफाईनलबाट बाहिरिएको छ ।

सेमिफाईनलमा कजाकस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । फाईनलमा पुगेको कजाक टोलीले उपाधिका लागि भारतसँग खेल्नेछ । २–१ को अग्रता लिएको नेपाल लगातार दुई सेटमा पराजित भएर बाहिरिन पुग्यो । 

पहिलो सेट २८–३० ले गुमाएको नेपालले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो ।तर चौथो सेट २५–१८ ले गुमाएपछि खेल पाँचौ सेटमा धकेलियो । र अन्तिम सेटमा साविक विजेता नेपाल १५–७ ले पराजित भयो । दोस्रो र तेस्रो सेटमा निकै उत्कृष्ट प्रदर्शन गरेको नेपालले चौथो सेटमा पुरै लय गुमाएर घरेलु कोर्टमै हार बेहोर्यो  ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update