Sajha Post
जनमतले दुई जना सांसदलाई फिर्ता बोलाउने,एक जनामाथि श्रीमानलाई स्वकीय सचिव राखेको आरोप

काठमाडौं । जनमत पार्टीले पार्टीको निर्णय पालना नगरेको भन्दै दुई जना समानुपातिक सांसदलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

काठमाडौंको तपोवनमा सकिएको केन्द्रीय समिति बैठकले समानुपातिक तर्फका सांसदहरु सोनु मर्मुर र विनिता सिंहलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

जनमतले यी सांसदहरुलाई फिर्ता बोलाउनेगरी संसदीय दलले प्रक्रिया अगाडि बढाउने भएको छ ।

केन्द्रीय समिति बैठकमा मुर्मुर र सिंहलाई फिर्ता बोलाउने निर्णय सर्वसम्मतिले पारित भएको एक नेताले जानकारी दिए । 
उनीहरुले पार्टीको निर्देशन अनुसार काम नगरेको आरोप छ । त्यसैले राइट टु रिकलको निर्णय गरेको ती नेताले बताए । 

मुर्मुरले पार्टीको निर्णय बिपरीत आफ्नै श्रीमानलाई स्वकीय सचिव राखेकाले फिर्ता बोलाउने निर्णय भएको छ भने सांसद सिंहको संसदीय भूमिका प्रभावकारी नभएको र  जनताको गुनासो पनि नसुनेको आरोप छ । 

machhapuchhre bank

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update