
काठमाडौं । ईण्डियन प्रिमियर लिग आईपीएलको फाईनल प्रवेशका लागि गुजरात टाइटन्सले मुम्बई ईण्डियन्सलाई २ सय ३४ रनको विशाल लक्ष्य दिएको छ ।
ओपनर शुभमन गिलले यो सिजनको तेस्रो शतक बनाएपछि गुजरातले मुम्बईलाई विशाल लक्ष्य दिएको हो । घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३३ रन बनायो ।
मुम्बईको कमजोर बलिङमाथि गुजरातका ब्याटर गिल पुरै हावी भए । गिलले आउट हुनुअघि ६० बलको सामना गर्दै १० छक्का र ७ चौकाको मद्दतले १२९ रन बनाए । यस्तै साइं सुदर्शनले ३१ बलमा ४३ रन बनाए । उनी रिटायर्ड हर्ट भए । कप्तान हार्दिक पाण्ड्याले १३ बलमा आक्रामक नटआउट २८ रन जोडे । ऋद्धिमान शाहले १८ रन बनाए । राशिद खान ५ रनमा नटआउट रहे ।
आजको विजेताले फाईनलमा चेन्नई सुपर किङ्सको सामना गर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० २२:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय