शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

अमेरिकामा मोटरसाइकल र्‍यालीमा गोली चल्दा तीनजनाको मृत्यु

अमेरिकामा मोटरसाइकल र्‍यालीमा गोली चल्दा तीनजनाको मृत्यु

साझा पोष्ट
आइतबार, जेठ १४ २०८०
  • images
    अमेरिकामा मोटरसाइकल र्‍यालीमा गोली चल्दा तीनजनाको मृत्यु
    images

    एजेन्सी । अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा शनिबार आयोजित वार्षिक मोटरसाइकल र्‍यालीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।


    images
    images

    गोलीबारी गिरोहसँग सम्बन्धित भएको पाइएको रेड रिभरका मेयर लिन्डा काल्हौनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

    उनले सो काण्डमा तीन जनाको मृत्यु र पाँच घाइते भएको पुष्टि गरेका छन् । मे २५ देखि २९ सम्म चल्ने ४१औँ वार्षिक रेड रिभर मेमोरियल मोटरसाइकल र्‍यालीमा “विभिन्न पृष्ठभूमिका २८ हजार मोटरसाइकल” सो र्‍यालीमा सहभागी भएको वेबसाइटमा उल्लेख छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार