शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

काभा महिला भलिबल: नेपालकी सलिना बनिन् उत्कृष्ट लिबेरो

काभा महिला भलिबल: नेपालकी सलिना बनिन् उत्कृष्ट लिबेरो

साझा पोष्ट
आइतबार, जेठ १४ २०८०
  • images
    काभा महिला भलिबल: नेपालकी सलिना बनिन् उत्कृष्ट लिबेरो
    images

    काठमाडौं । काभा वुमन्स च्यालेन्ज कप भलिबल च्याम्पियनसिपमा नेपालकी सलिना श्रेष्ठ प्रतियोगिताकै उत्कृष्ट लिवेरो बनेकी छन् ।


    images
    images

    सहभागी ८ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै सलिना आफ्नो पोजिसनमा सर्वोत्कृष्ट बनिन् । नेपाल तेस्रो भए पनि उनले आफूलाई अब्बल सावित गर्नि । 

    डेढ वर्षअघि नेपालले दोस्रोपल्ट काभा सिनियर उमेन्स भलिबल च्याम्पियनसिपको उपाधि जित्दा पनि सलिना आफ्नो पोजिसनमा उत्कृष्ट बनेकी थिइन् ।

    प्रतियोगिताको व्यक्तिगत विधातर्फ भारतको बर्चश्व रह्यो । उसले तीन विधामा उत्कृष्ट खेलाडीको पुरस्कार पायो । सेकेन्ड बेस्ट आउटसाइड हिटरका रुपमा भारतकी अनुश्री पोइली, उत्कृष्ट मिडिल ब्लकर भारतकी सूर्या थोतांगाल र उत्कृष्ट सेटरमा भारतकै कोभट साजी जिनी चुनिए ।

    उत्कृष्ट आउटसाइड हिटर काजकस्तानकी बोला उताएभा र अपोजिट प्लेयरमा सिखा जिनोभा उत्कृष्ट बनिन् । उज्वेकिस्तानकी कुडी साखोन सेकेन्ड बेस्ट मिडिल ब्लकर बनिन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार