शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा

विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा

साझा पोष्ट
आइतबार, जेठ १४ २०८०
  • images
    विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा
    images

    काठमाडौं । आईसीसी विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।


    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।जिम्बावेमा हुने छनोटका लागि नेपालले गत सोमबार घोषणा भएको २२ सदस्यीय प्रारम्भिक टोलीबाट१६ सदस्सीय टोली घोषणा गरेको छ। विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता  छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिने छ ।

    प्रतियोगितामा नेपाल समूह ए मा छ । नेपालको समूहमा आयोजक जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन र असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा सँग २४ जुन र असार ९ मा खेल्नेछ । 

    जिम्बावेविरुद्ध १८ जुन अर्थात् असार ३ मा हुने खेल टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हुनेछ । समूह बी मा  श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई  छन् । समूह चरणमा प्रत्येक राष्ट्र चार खेल खेल्नेछन् । आआफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । 

    सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान विश्वकपका लागि सिधा छनोट भईसकेका छन् ।

    नेपालको टोली :

    रोहित पौडेल(कप्तान),कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल,  कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, अर्जुन साउद, किशोर महतो, प्रतिश जि.सी । 

    cricket1685289426.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार