शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

सन्दीप लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाई हुँदै

सन्दीप लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाई हुँदै

यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएको थियो। पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो।

साझा पोष्ट
मंगलबार, जेठ १६ २०८०
  • images
    सन्दीप लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाई हुँदै
    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ। जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध आज सुनुवाइका लागि पेसी तोकिएको हो । इजलास नम्बर–१८ मा न्यायाधीश न्यायाधीश शंकर बहादुर राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।


    images
    images

    यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएको थियो। पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो।

    लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते लामिछान विरुद्ध जाहेरी दर्ता भएको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार