शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

पहिचान पक्षधरको आम हड्ताल फिर्ता, अब शान्तिपूर्ण कार्यक्रम गर्ने सहमती

पहिचान पक्षधरको आम हड्ताल फिर्ता, अब शान्तिपूर्ण कार्यक्रम गर्ने सहमती

साझा पोष्ट
मंगलबार, जेठ १६ २०८०
  • images
    पहिचान पक्षधरको आम हड्ताल फिर्ता, अब शान्तिपूर्ण कार्यक्रम गर्ने सहमती
    images

    काठमाडौं । कोशी प्रदेश नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनमा आगजनी र तोडफोड नगर्ने र पक्राउ परेकाहरूलाई छाड्ने सहमति भएको छ ।


    images
    images

    आज जिल्ला प्रशासन कार्यालय मोरङमा आन्दोलनरत पक्षका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थितीमा यस्तो सहमती भएको हो । आन्दोलनका क्रममा आगजनी, तोडफोड र बन्दको कार्यक्रम नगर्ने सहमति पछि पक्राउ परेकाहरु रिहा हुने भएका हुन् । 

    पक्राउ परेका २६ जनालाई विनाशर्त रिहाइको माग गर्दै पहिचानवादीले आम हड्तालका कार्यक्रम सार्वजनिक गरेका थिए । वार्तापछि आमहड्ताल फिर्ता लिने सहमति भएको छ । प्रशासन र आन्दोलनकारीबीचमा भएको सहमतिमा अब उप्रान्त कुनै पनि किसिमको आगजनी, तोडफोड, आवागमन अवरुद्ध, कार्यालय सञ्चालन अवरुद्ध लगायतका शान्ति सुव्यवस्थामा असर पुर्‍याउने कार्य नगरी कानुन सम्मत शान्तिपूर्ण रूपमा कार्यक्रमहरू सञ्चालन गर्ने भनिएको छ ।

    जिल्लाको शान्ति सुरक्षा कायम राख्न सबैले सहयोग गर्ने र आन्दोलनको क्रममा पक्राउ परेका व्यक्तिहरू छुटेपछि आम हड्ताल फिर्ता लिने सहमति गरिएको छ । उनीहरूलाई आजै छाड्ने प्रशासनले तयारी गरेको छ ।

    koshi-sahamati_update1685445980.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार