शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत गएको हो ।  टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् ।

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    प्रधानमन्त्री प्रचण्ड  भारत प्रस्थान
    images

     काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।


    images
    images

    नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत गएको हो ।  टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् ।

    टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् ।

    प्रधानमन्त्रीसँगै सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, मिडिया प्रतिनिधि, ५ मन्त्री, डेढ दर्जन सचिव तथा सहसचिव सहभागी भएका छन् । प्रधानमन्त्रीले भारतीय समकक्षी मोदीसँग बिहीबार दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता गर्नेछन् । दुई नेताबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको वार्ताका लागि समय छुट्याइएको छ । लगानी, व्यापार, प्रविधि विकास, विकास आयोजनाको निर्माण, अपराध अनुसन्धानमा सहकार्यलगायत विषयमा डेलिगेसन लेभलमा सहमति हुने बताइएको छ ।  भारतको सहुलियत ऋणमा बनेको न्यु मोदी–लेखनाथ प्रसारण लाइन, कसुहा–कटैया डबल सर्किट लाइन तथा नेपालगन्जमा बनेको एकीकृत जाँच चौकीको संयुक्त उद्घाटनको तयारी छ ।

    दिल्ली अवतरणपछि उनी साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल आईटीसी मौर्यमा पुग्नेछन् । साँझ ६ बजे होटलमै आधा घण्टा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उनको भेटघाट हुनेछ । त्यसअगावै विदेश सचिव विनयमोहन क्वात्राले होटलमा उनलाई भेट्ने बताइएको छ ।
    प्रधानमन्त्रीको सम्मानमा दिल्लीस्थित नेपाली दूतावासले रात्रिभोज आयोजना गरेको छ । बिहीबार बिहान साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुष्पगुच्छा अर्पण गर्न जानेछन् । त्यसपछि उनी भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न ११ बजे हैदराबाद हाउस पुग्ने सूची छ । हैदराबाद हाउसको नीलगिरि कक्षमा मोदीसँग उनको भेटवार्ता हुनेछ । त्यसपछि प्रतिनिधिमण्डलस्तरको बैठकमा दुवै प्रधानमन्त्री बस्नेछन् ।

    १२ बजे ‘एक्सचेन्ज अफ एग्रिमेन्ट’ को कार्यक्रम र त्यसपछि १२ बजेर २० मिनेटमा केही परियोजनाको संयुक्त उद्घाटन र लगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । त्यसपछि दाहालको सम्मानमा मोदीका तर्फबाट हैदराबाद हाउसमा दिइएको दिवाभोजमा नेपाली डेलिगेसनको सहभागिता रहनेछ । 

    प्रधानमन्त्रीले  उपराष्ट्रपति जगदीप धनखडसँग ४ बजे र राष्ट्रपति द्रौपदी मुर्मूसँग साढे ४ बजे शिष्टाचार भेट गर्ने कार्यसूची छ । बेलुका साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीको संयुक्त कार्यक्रममा  उपस्थित हुनेछन् । भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री  मध्यप्रदेशको उज्जैन र इन्दोर जानेछन् । बिहान साढे ८ बजे उनी विमानबाट इन्दोर प्रस्थान गर्नेछन् । अपराह्न १ बजे प्रधानमन्त्रीको टोली इन्दोरको होटल मेरियट पुग्नेछ । अपराह्न ४ बजे मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग उनको भेट हुनेछ ।

    प्रधानमन्त्रीले इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट अवलोकन गर्नेछन् ।   मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले दिने रात्रिभोजमा सरिक हुनेछन् । 

    चौथो दिन शनिबार प्रधानमन्त्रीले इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्नेछन् । अपराह्न १ बजेको विमानबाट उनी दिल्ली प्रस्थान गर्नेछन् । दिल्ली विमानस्थलमा एक घण्टाभन्दा बढी समय व्यतीत गरेर उनी अपराह्न ४ बजेर २० मिनेटमा नेपाल एयरलाइन्सको विमानबाट काठमाडौंका फर्किनेछन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार