शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग, हस्ताक्षर गर्नेमा खेलकूदमन्त्री पनि

कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग, हस्ताक्षर गर्नेमा खेलकूदमन्त्री पनि

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग, हस्ताक्षर गर्नेमा खेलकूदमन्त्री पनि
    images

    काठमाडौं । नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् ।


    images
    images

    प्रदेश १ का १४ जिल्लाका कांग्रेस सभापतिले संयुक्त विज्ञप्ति निकालेर कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग विशेष आग्रह गरेका हुन् ।

    प्रदेशसभाले कोशी नाम राखेपछि आन्दोलन भइरहेको स्मरण गराउँदै उनीहरुले भनेका छन,  ‘यो विरोधको सुनुवाइ नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ ।’ हस्ताक्षर गर्नेमा संघीय युवा तथा खेलकुदमन्त्री एवम् मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बु पनि छन् । 

    विज्ञप्तिमा  खोटाङ सभापति विष्णु कुमार राई, उदयपुर सभापति हिमाल कार्की, झापाका सभापति देउ कुमार थेबे, संखुवासभाका सभापति दीपक खड्का, सुनसरी सभापति केदार भण्डारी र ओखलढुंगा सभापति तेजेन्द्र खनालले हस्ताक्षर गरेका छन् । 

    यसैगरी सोलुखुम्बु सभापति नामगेल जाङ्बु शेर्पा, तेह्रथुम सभापति अर्जुन तुम्बाहाम्फे, इलाम सभापति डम्मर खड्का, पाँचथर सभापति रुपनारायण जगेबु, धनकुटा सभापति दिनेश राई, भोजपुर सभापति विनोद राई वान्तवा र ताप्लेजुङ सभापति गजेन्द्र तुम्याहाङले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

    प्रदेश सभा बैठकले गत फागुन १७ गते कोशी प्रदेश नामकरणको प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । तर पहिचानवादीहरुले नामप्रति असन्तुष्टी जनाउँदै आन्दोलन गर्दै आएका छन् । आन्दोलनको क्रममा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते छन् ।

    किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात मोर्चा, जनता समाजवादी पार्टीका भ्रातृ संगठन र अन्य सामाजिक तथा सामुदायिक संगठनहरु संलग्न संयुक्त संघर्ष समितिको आन्दोलनमा कोशी नामको पक्षमा मतदान गरेको नेकपा माओवादी केन्द्रले समेत समर्थन जनाएको छ ।

    nc1685521411.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार