बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा, एमालेलाई धक्का

कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा, एमालेलाई धक्का

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपाले बुधबार स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको हो । मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट कुनै निकास ननिस्कने भन्दै जसपा सरकारबाट बाहिरिएको हो । कोशी नामकरणको विरोधमा भइरहेको पहिचानपक्षधरको आन्दोलनमा जसपाको समर्थन छ ।

साझा पोष्ट
बुधबार, जेठ १७ २०८०
  • images
    कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा, एमालेलाई धक्का
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपाले बुधबार स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको हो ।


    images
    images

    मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट कुनै निकास ननिस्कने भन्दै जसपा सरकारबाट बाहिरिएको हो । कोशी नामकरणको विरोधमा भइरहेको पहिचानपक्षधरको आन्दोलनमा जसपाको समर्थन छ ।

    सरकारमा पनि बस्ने, आन्दोलनमा पनि समर्थन गर्ने कुरा नमिलेको भन्दै आलोचना भइरहेका बेला जसपा सरकारबाट बाहिरिएको छ । जसपाले अब समर्थन फिर्ता लिनेछ । 

    माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएकाले कारण सात वटा प्रदेशमध्ये कोशीमा मात्रै एमालेले सरकारको नेतृत्व गरिरहेको छ । जसपाको कदमसँगै अब माओवादीले पनि फिर्ता लिने अनुमान गरिएको छ । 

    मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थन  छ । जसमा माओवादी केन्द्रबाट जीवन आचार्यले पर्यटन, वन तथा वातावरण र दुर्गा चापागाईंले सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । तर कांग्रेसले निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा माओवादी केन्द्रलाई एमालेको सरकारबाट बाहिरिन र समर्थन फिर्ता लिन आग्रह गर्दै आएको छ ।

    यस प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा –एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको १ जना प्रदेश सांसद छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार